बाँफिकोट गाउँपालिकामा ४७ जनालाई अपाङ्गता परिचयपत्र वितरण

बाँफिकोट गाउँपालिकामा ४७ जनालाई अपाङ्गता परिचयपत्र वितरण

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्गता परिचयपत्र वितरण घुम्ती विशिर सम्पन्न भएको छ ।

बिहिबार गाउँपालिकाको आयोजनामा सञ्चालन भएको घुम्ती शिविर मार्फत ४७ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको हो ।

गाउँपालिका महिला बालबालिका शाखा प्रमुख पुष्पा ददेलका अनुसार शिविर मार्फत १३ जनालाई (क) बर्गको, १८ जनालाई (ख) बर्गको, ९ जनालाई (ग) बर्गको र ७ जनालाई (घ) बर्गको अपाङ्ग परिचय पत्र वितरण गरिएको छ। परिचय पत्र पाउनेमा १५ जना महिला र ३२ जना पुरुष रहेका छन ।

यस्तै घुम्ती शिविरमा जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका डाक्टर भिमकान्त जैसीले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो । शिविरमा गाउँपालिका रहेका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकाको कार्यालयमा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली, वडा नम्बर २ का अध्यक्ष एवं गाउँ कार्यपालिका प्रवक्ता प्रकाश खत्री लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार