गिल्वाङ सडकखण्डमा सवारी साधन आवतजावतमा रोक

गिल्वाङ सडकखण्डमा सवारी साधन आवतजावतमा रोक

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको सल्ले-गिल्वाङ सडकखण्ड बन्द हुने भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सूचना प्रकाशन गरेर उक्त सडक खण्डमा सवारी आवतजावतमा रोक लगाईएको जानकारी दिएको हो । सूचना अनुसार माघ २४ गते देखि फागुन १० गते सम्म १६ दिन उक्त सडकखण्डमा सवारी साधन आवतजावतमा रोक लगाईएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जिएमका अनुसार मुसिकोट नगरपालिका -१ मा निर्माण कार्य भईरहेको सिटि बसपार्क सडक निर्माणका लागि सडक सोलिङ र पिसिसि गर्नुपर्ने भएकोले सवारी साधन आवताजावतमा रोक लगाईएको हो ।

सल्ले-गिलवाङ सडकखण्ड अन्तर्गत प्रहरी चौकी देखि ६० मिटर अगाडिको दुरीको सडक सोलिङ र पिसिसि गर्नुपर्ने भएकोे सवारी आवागमनमा रोक लगाउन अनुरोध भई आएकोले सवारी साधन आवतजावतमा रोक लगाईएको प्रशासनद्धारा जारी सूचनामा जनाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार