रुकुम पूर्वका दुई पालिकामा शिक्षामा विपद जोखिम प्रतिकार्य योजना बन्दै

रुकुम पूर्वका दुई पालिकामा शिक्षामा विपद जोखिम प्रतिकार्य योजना बन्दै

रुकुमकोट । रुकुम पूर्वका दुई वटा स्थानीय तहमा शिक्षामा विपद जोखिम प्रतिकार्य योजना निर्माणको लागि कार्यदल गठन गरिएको छ । जिल्लाको सिस्ने र भुमे गाउँपालिकामा शिक्षामा विपद जोखिम प्रतिकार्य योजना निर्माणको लागि कार्यदल गठन गरिएको हो ।

सिस्ने गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा संयोजक मंगलसिंह बुढाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यमा रुक्मिणी माध्यामिक विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल र रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम संयोजक रमेश कुमार गौतम रहनुभएको छ ।

त्यसैगरी भुमे गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कौशल कुमार तिवारीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यमा टक्सार आबी झुम्लाबाङका प्रधानाध्यापक होम जंग राणा र रुकुमेली समाज बिकास केन्द्रका ललित कुमार खडका रहनु भएको छ ।

सिस्ने र भुमे गाउँपालिका भित्रका सबै बिद्यालयहरुले यस अघि नै शिक्षामा बिपद जोखिम प्रतिकार्य योजना निर्माण भइसकेको छ । सोहीको आधारमा रहेर पालिकास्तरमा शिक्षामा बिपद जोखिम प्रतिकार्य योजना निर्माण हुन लागेको परियोजना संयोजक रमेश कुमार गौतमले बताउनुभयो ।

कोभिड-१९ को लागि शिक्षामा प्रतिकार्य कार्यक्रम पालिका स्तरिय विद्यालय विपद जेखिम न्यूनिकरण सम्बन्धि शिक्षा प्रतिकार्य योजना निर्माण बैठकको आयोजना गरि कार्यदल गठन गरिएको हो ।

सिस्ने र भुमे गाउँपालिकाको समन्वय, युएसआइडी/ युनिसेफको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्रको सहजीकरणमा बिगत एक वर्ष देखी उक्त पालिकाहरुमा कोभिड-१९ को लागी शिक्षा प्रतिकार्य कार्यक्रम संचालन गर्दे आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार