सहिद परिवारलाई सम्मान

सहिद परिवारलाई सम्मान

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ ले सहिद परिवारलाई सम्मान गरेको छ ।

२८ औ जनयुद्ध दिवसको अवसरमा वडा नम्बर १३ र १४ का राज्य तथा विद्रोही पक्षबाट सहिद भएका १२ जना सहिद परिवार एक जना घाईतेलाई सम्मान गरिएको हो ।

आज मुग्लुखोलको सहिद गेटमा एक कार्यक्रमको आयोजना गरी सहिद परिवारलाई काँसको थाल, कटौरा र दोसल्ला ओढाएर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

सहिदले पुर्याएको योगदानको उच्च कदर गर्दै सहिद परिवारलाई सम्मान गरिएको वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । वडा अध्यक्ष खड्काको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर १३ का पूर्व अध्यक्ष दिपक केसी, विभिन्न राजनीति दलका प्रतिनिधि लगायतको पनि कार्यक्रमा उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार