आठविसकोट नगरपालिकाद्धारा अनुदानमा किविका विरुवा वितरण

आठविसकोट नगरपालिकाद्धारा अनुदानमा किविका विरुवा वितरण

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले अनुदानमा किविका विरुवा वितरण गर्ने भएको छ । जसको लागि रामेछापबाट नगरपालिकाले २० हजार गोल्डेन र हेवाड जातका किविका बिरुवा खरिद गरेको छ ।

नगरभित्रका १,२,३,५,१०,११ र १२ नम्बर वडाका किसानहरुलाई अनुदानमा किविका विरुवा वितरण गर्ने लागेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । व्यावसायिक किवि खेतिलाई प्रोत्साहन गर्नका लागि नगरभित्रका कृषकहरुलाई ५० प्रतिशत सहुलियतमा किबिका विरुवा वितरण गर्ने लागेको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

स्थानीय सरकारले किवी खेतिलाई जोड दिएपछि नगरपालिकामा किवी खेति गर्ने किसानको संख्या बढेको छ । अघिल्ला वर्षहरुमा पनि नगरपालिकाले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको बिरुवा वितरण गरेको थियो भने किसान आफैँले किनेर पनि बिरुवा लगाएका थिए ।

नगरपालिकामा कृषकहरुले गत वर्ष मात्र २१ सय वटा किबिका विरुवा रोपेका थिए । यो वर्ष नगरभर करिब १७ सय किबिका बोटले उत्पादन दिएको समेत नगरपालिकाको अनुमान रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार