पश्चिम रुकुममा फागुन २६ देखि महोत्सव हुँदै

पश्चिम रुकुममा फागुन २६ देखि महोत्सव हुँदै

महोत्सवको बारेमा जानकारी दिन आयोजन गरिएको पत्रकार सम्मेलन ।

मुसिकोट । रुकुम पश्चिममा कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव हुने भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ को बराहटाकुरा टुडिखेलमा फागुन २६ गतेदेखि चैत्र ७ गतेसम्म महोत्सव सञ्चालन गरिने जनाइएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रुकुम पश्चिमको आयोजना र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह-आयोजनामा महोत्सव हुने लागेको हो।

आज खलंगामा महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक डिल्ली परियारले रुकुम पश्चिमको कला संस्कृति, पर्यटन, कृषिलाई प्रवद्र्धन गर्ने गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

महोत्वस अवधिभर स्थानीय तथा राष्ट्रिय  कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सवमा १ सय वटा विभिन्न व्यापारिक तथा प्रचारात्मक स्टलहरु रहने संयोजक परियारले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार