मेरो माइक्रो फाइनान्सको तालिम सम्पन्न

मेरो माइक्रो फाइनान्सको तालिम सम्पन्न

सुर्खेत । मेरो माइक्रो फाइनान्स लघु बित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालयको आयोजनामा सुर्खेतमा दुई दिने तालीम सम्पन्न भएको छ ।

फिल्ड खटिने कर्मचारीहरुलाई प्रभाबकारी व्यबस्थापन गर्नको लागि तालिमको आयोजना गरिएको संस्थाले जानकारी दिएको छ ।

तालिममा धितो तथा बिनाधितोकर्जा कसरी समुदाय स्तरमा लगानी गर्दा प्रभावकारी बन्न सक्छ, सदस्यले बचत गरि कसरी सुरक्षित हुन सक्किन्छ भन्ने उदेश्यले तालिम आयोजना गरिएको जनाइएको छ ।

तालिममा विभिन्न शाखा कार्यालयका ४० बढी कर्मचारीहरुको सहभागिता रहेको थियो।

तालिममा मेरो माइक्रो फाइनान्स लघु बित्त बित्तीय लिमिटेड कर्णाली प्रदेश अनुगमन अधिकृत सुरोज बास्तोला , भबानिपुर अनुगमन अधिकृत तर्क रावल, मेरो माइक्रो फाइनान्स लघु बित्त बित्तीय संस्था लिमिटेडका बिभाग प्रमुख उमेश डङ्गोल तथा कर्जा बिभाग रबि आचार्यले सहजीकरण गर्नुभएको थियो

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार