रुकुम पूर्वमा आराको फिताले लागेर एक जनाको मृत्यु

रुकुम पूर्वमा आराको फिताले लागेर एक जनाको मृत्यु

रुकुमकोट । रुकुम पूर्वमा आराको फिताले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १२ क्युबाङमा काठ चिर्ने आरा मेसिनको फिताले लागेर मंगरबार साँझ ५० वर्षीय कर्मधन पुनको ज्यान गएको छ ।

गाउँपालिका अध्यक्ष पुनिराज घर्तीका अनुसार साँझ ७ बजेतिर मेसिनको फिता फुत्किएर लाग्दा गम्भीर घाइते भएका पुनलाई गाउँपालिकाको गाडीमा राखेर जिल्ला अस्पताल रूकुमकोटतर्फ लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

पुनले विगत एक दशकदेखि क्यवाङमा काष्ठ उद्योग सञ्चालन गरिरहेका थिए । त्यसैको फिताले दाहिने खुट्टाको घुँडाभन्दा माथि लागेको अध्यक्ष पुनले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार