कमलको जरा निकाल्न रोक

कमलको जरा निकाल्न रोक

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ रुकुमकोटमा रहेको कमलदहबाट कमलफूलको जरा निकाल्न रोक लगाइएको छ ।

बुधबार श्री कमलदह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रले एक सूचना जारी गर्दै कमलका जरा निकाल्न रोक लगाएको हो ।

कमलको जरा निकाल्नको लागि तालमा स्थान निर्धारण गरितापनि १६ गते मंगलबारका दिन जरा निकाल्न प्रतिबन्ध लगाईएको स्थानतर्फ जथाभावि जरा निकाल्न लागेपछि बन्द गरिएको जनाईएको छ ।

यस वर्ष माघ २५ गतेदेखि फागुन २५ गतेसम्म कमलका जरा निकाल्न मिल्ने व्यवस्था गरिएतापनि तोकिएको निर्देशनको अवज्ञा भएकोले बन्द गर्नुपरेको संरक्षण केन्द्रले जनाएको छ ।

कमलहदको ढलेपिपलदेखि पल्लोपट्टि राधा कृष्ण मन्दिर मन्दिर देखि दक्षिण तिरको भागमा मात्र जरा निकाल्न खुला गरिएको थियो । तर कमलदहको प्रवेशद्धार तिर जथाभावि जरा निकाल्ने काम भएपछि संरक्षण केन्द्रले बन्द गरेको सूचनामा उल्लेख गरेको छ ।

जरा निकाल्न रोक लगाइएको सूचना :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार