पुथामा अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइयो

पुथामा अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइयो

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा ११३ औ अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

पुथा उत्तरगंगा गाउँपालिकाको आयोजना, युनाईटेड मिसन टु नेपाल र जनजागरण मञ्च रुकुम पूर्वको साझेदारीमा महिला सशक्तिकरण सम्बन्धि जनचेतनामुलक  कार्यक्रम गरी दिवस मनाइएको हो ।

यस्तै दिवसका अवसरमा विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरिएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रमा रहेर महिला सशक्तिकरणका लागि भूमिका खेलेको भन्दै गाउँपालिकाले निवर्तमान गाउँपालिका उपाध्यक्ष, कार्यपालिका सदस्य महिला सहित अन्य जनप्रतिनिधि महिला, शिक्षक, कर्मचारी, बाल क्लब सदस्य, किशोरी सदस्य, सुरक्षाकर्मी महिला, राष्ट्रपति रनिङ शिल्डमा जिल्ला स्तरमा स्थान प्राप्त गर्ने छात्रा खेलाडीहरु लाई सम्मान गरिएको हो ।

यसैगरी दिवसका अससरमा १० जना एकल महिला र महिला श्रमिकलाई चामल, दाल र तेल वितरण गरिएको छ । कार्यक्रममा महिला हिंसा सम्बन्धि सडक नाटक प्रर्दशन गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका लेखा शाखा प्रमुख नवराज खड्काले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार