स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासनको अनुरोध

स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासनको अनुरोध

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

पछिल्लो समय भारत लगायतका देशहरुमा कोभिड- १९ को नयाँ भेरियन्ट देखा परेको र संक्रमणदर बढेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको हो ।

आज प्रशासनले एक सार्वजनिक सूचना मार्फत कोभिड-१९ को नयाँ भेरियन्ट रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन सबैले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

सूचनामा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने हुने स्थानहरुमा मास्क स्यानिटाईजरको प्रयोग गर्न, सिट क्षमता भन्दा बढी यात्रु नराख्न, चालक दल र सबै यात्रुहरुले अनिवार्य मास्क लगाउन, एक अर्का बीचमा भौतिक दुरी कायम गर्न अनुरोध गरिएको छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी सूचना

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार