फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ जाँदैछ: पर्यटनमन्त्री किराँती

फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ जाँदैछ: पर्यटनमन्त्री किराँती

फ्लाई दुबईको जहाजमा समस्या आएपछि नेपालको आकाशमै होल्ड भएको जहाज पुन: दुबई तर्फ प्रस्थान गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबई तर्फ प्रस्‍थान भएको जानकारी दिएका हुन्।

‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ उनले भनेका छन्।

काठमाडौ‌ंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२३मा उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको थियो। काठमाडौं र ललितपुरबाट उक्त जहाजमा आगो लागेको समेत देखिएको थियो।

जहाजमा आगलागी भएपछि उसलाई नेपालकै आकाशमा होल्ड गरिएको थियो। एउटा इन्जिनमै सुरक्षितसँग दुबई पुग्न सकिने भएपछि उक्त जहाजलाई जान दिइएको हो।

यता एयर अरबिया, मलेसियन एयर, सिंगापुर एयर, बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन‍्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार