नेपाली सेनाको सहयोगमा खानेपानीको पाईप मर्मत गरिदै

नेपाली सेनाको सहयोगमा खानेपानीको पाईप मर्मत गरिदै

मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा अवरुद्ध भएको खानेपानी सुचारु गर्नको लागि नेपाली सेनाले पाईप मर्मत कार्यमा सहयोग गरिरहेको छ ।

मुसिकोट क्षेत्रमा वितरण हुने खानेपानीको मुख्य पाईपलाईनमा समस्या आएपछि अवरुद्ध भएको खानेपानी सुचारु गर्न नेपाली सेनाको चण्डिदल गण सल्लेले सहयोग गरेको हो ।

मुसिकोट खलङगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अनुसार जिल्ला हुलाक कार्यालय नजिकैको मुख्य पाईपलाईन भाँचिएपछि अवरुद्ध बनेको खानेपानी वितरण कार्य सुचारु गर्नको लागि नेपाली सेना, संस्थाका कर्मचारी सहितको टोलीले मर्मत गरिरहेको छ । अहिले पनि पाईप जडानको काम भैरहेको उपभोक्ता संस्थाका अध्यक्ष टोपबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला हुलाक कार्यालय नजिकै बाटो र घर निर्माण गरिरहेकाहरुले बारम्बार माटो फालिदिने गरेकोले पाईप भाँचिएको थियो । जसको कारण मुसीकोटको खलङगा बजार, कारागार, सेरिगाउँ, सल्ले पिपलनेटा, रावलबारा, ढांगीचौर, मठ लगायतका क्षेत्रमा खानेपानीको समस्या देखा परेको हो ।

एकिकृत कार्यालय भवन निर्माण, सडक निर्माण र केहि व्यक्तिका घरहरु बनाउने क्रममा जथाभाबि माटो फालिएपछि खानेपानीको पाईप लाईनमा क्षति पुगेको हो ।

अध्यक्ष बिकले बृद्धाश्रम नजिकको चिलाखोरनेर रहेको पाईप फुटेपछि शनिबार र आईतबारका दिन पनि सेनाको सहयोगमा मर्मत गरिएको बताउनुभयो । आज सोमबार साँझसम्ममा मुख्य लाईनको पाईप जडान गरेपछि पानी सुचारु हुने उपभोक्ता संस्थाले जनाएको छ ।

गर्मि बढेसँगै पानीका मुहानमा पानी कम आउन थालेको र पाईप लाईनमा समस्या आएपछि सदरमुकाम क्षेत्रमा केहि दिनदेखि खानेपानीको समस्या सिर्जना भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार