बाँफिकोट २ को एक बर्षे प्रगति सार्वजनिक

जनप्रतिनिधिका एक वर्ष

बाँफिकोट २ को एक बर्षे प्रगति सार्वजनिक

जनप्रतिनिधिका एक वर्ष

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ ले एक वर्षको अवधिमा गरेका प्रगतिको विवरण सार्वजनिक गरेको छ ।

वडा अध्यक्ष प्रकाश खत्रीले आफु निर्वाचित भएको एक वर्षमा गरेको कामहरु सार्वजनिक गरिएको जानकारी दिनुभयो । वडा कार्यालयले गरेका उपलव्धि र कामहरु सार्वजनिक गरेको वडाध्यक्ष खत्रीले उजेली न्युजलाई जानकारी दिनुभयो ।

विकास निर्माणका काम देखि वडामा भएका अन्य बिभिन्न गतिविधिहरु सार्वजनिक गरिएको हो । वडाध्यक्ष खत्रीका अनुसार एक वर्षमा विभिन्न १७ वटा क्षेत्रमा भएका कामको विवरण सार्वजनिक गरिएको हो ।

एक वर्षको अबधिमा सडक निर्माणलाई निरन्तरता, विभिन्न सिचाई आयोजना, खेलमैदान निर्माण, विद्यालयहरुमा सिसिटि क्यामेरा र डिजिटल हाजिरी जडान, खरको छाना मुक्त घर निर्माण, प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत विभिन्न योजना निर्माण भएका छन् ।

यस अवधिमा ५ वटा सिचाई आयोजनाको काम सम्पन्न भएको छ भने मेलगैरि सडक निर्माणको काम निर्माणाधिन अवस्थामा रहेको छ ।

त्यस्तै केहि खानेपानी आयोजना पनि एक वर्षको अवधिमा सुरुवात गरि निर्माणको चरणमा रहेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । वडामा रहेका २६ घरमा खरको छाना हटाई जस्ताको छाना हालिएको छ ।

वडा कार्यालयका अनुसार एक वर्षको अवधिमा १ लाख ४७ हजार ६ सय ६२ रुपैँया कर संकलन गरेको छ । विकास निर्माण र गतिविधिमा यो आर्थिक वर्षको अन्तिम सम्म वडाले ५ करोड २६ लाख ५६ हजार ९ सय ९० रुपैया वजेट खर्च गर्ने जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार