क्लबको अगुवाईमा गोरेटो बाटो निर्माण

क्लबको अगुवाईमा गोरेटो बाटो निर्माण

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १० मा गोरेटो बाटो निर्माण गरिएको छ । वडाको टोड्के देखि त्रिसुलेसम्मको गोरेटो बाटो निर्माण गरिएको हो ।

स्थानीय ज्ञानज्योती युवा क्लबको अगुवाईमा उक्त गोरेटो बाटो निर्माण भएको हो । क्लबका अध्यक्ष मनोज खड्काले दिनुभएको जानकारी अनुसार २.५ किलोमिटर लामो गोरेटो बाटो बनाईएको छ ।

उहाँले गत शुक्रबार र शनिबारका दिन करिब ३० जना स्थानीयको सहभागितामा उक्त बाटो बनाउने काम भएको बताउनुभयो ।

उहाँका अनुसार उक्त बाटो निर्माणको लागि कसैले पनि वास्ता नगरेपछि क्लबले निर्माणको लागि अगुवाई गरेको हो । गोरेटो बाटो निर्माण कार्यमा पूर्व वडा अध्यक्ष शेरबहाादुर खत्री, क्लबका पदाधिकारी तथा सदस्यहरु, स्थानीयवासीको सहभागिता रहेको थियो ।

स्थानीय तह र राजनीतिक दलहरुले समेत बाटो बनाउन वास्ता नगरेको अध्यक्ष खड्काको गुनासो रहेको छ । गाउँ समाजमा केहि गर्ने सोचका साथ युवाहरु मिलेर क्लब मार्फत काम गरिहेको अध्यक्ष खड्काले उल्लेख गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार