बालविवाह रोक्न धामीझाँक्री र पुरोहित सम्मेलन

बालविवाह रोक्न धामीझाँक्री र पुरोहित सम्मेलन

शुभकालिका गाउँपालिकामा बालविवाह रोक्न सम्मेलनमा सहभागी धामीझाँग्री । तस्विर : प्रेमराज सिम्खडा

कालीकोटमा बालविवाह रोक्न विभिन्न सामाजिक सचेतीकरणका कार्यक्रम भएका छन् । शुभकालिका गाउँपालिकामा बालविवाह विरुद्धको प्रथम धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ । विवाहका लागि स्थानीयले लगन हेराउन धामीझाँक्री र पुरोहितकोमा जाने गर्छन् ।

धामिझाँक्रीको सल्लाहमा विवाहको साइत पार्ने भएकाले उनीहरूलाई बालविवाह विरुद्धको अभियानमा लगाउन सम्मेलनको आयोजना गरेको बताइएको छ । गाउँमा धामीझाँक्री र पुरोहितहरूको बढी विश्वास गर्ने भएकाले उनीहरूलाई नै बालविवाह विरुद्धको अभियानमा परिचालन गर्न सम्मेलन गरिएको हो । बालबालिकाको क्षेत्रमा काम गरिरहेको सेभस्द चिल्ड्रेन किर्डाक नेपाल सहयात्रा परियोजनाको सहयोग र गाउँपालिकाको आयोजनामा सम्मेलन गरिएको छ ।

शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई पुरस्कारको व्यवस्था गर्दा समेत बालविवाह लुकिछिपी हुने गरेकाले धामिझाँक्रीलाई समेत परिचालन गर्न सम्मेलन गरेको बताउनुभयो । उहाँले सम्मेलन मार्फत धामीझाँक्रीको नयाँ समिति गठन हुने र त्यसै मार्फत बालविवाह विरुद्धको अभियान चलाउने बताउनुभयो ।

शुभकालिका गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले शिक्षित समुदाय समेत धामीझाँक्री र पुरोहितको भरमा पर्ने हुँदा अब बालविवाह रोक्नका लागि उत्तम उपाय भनेकै धामीझाँक्री परिचालन गर्ने निचोडमा आफूहरू पुगेर यो सम्मेलनको आयोजना गरेको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार