मिडियामा राज्यको लगानी भएन : अध्यक्ष पोख्रेल

मिडियामा राज्यको लगानी भएन : अध्यक्ष पोख्रेल

मुसिकोट । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले मिडिया क्षेत्रमा राज्यको लगानी हुन नसकेको बताउनुभएको छ । बाहिर हुँदा मिडियाको महत्व बारेमा बोल्ने तर संसदमा गएपछि लगानीको बिषयमा वेवास्ता गर्ने गरिएको उहाँको भनाई रहेको छ ।

नेपाल पत्रकार महासंघ रुकुमपश्चिमले मुसिकोट नगरपालिकाके सहयोगमा मुसीकोटमा आयोजना गरेको स्थानीय सरकार र मिडियाका सवाल बिषयक अनुशिक्षण कार्यक्रममा अध्यक्ष पोख्रेलले यस्तो बताउनुभएको हो । बलियो पत्रकारिताको उपस्थितिमा मात्र लोकतन्त्रको लाभ जनताले पाउने उहाँले जनाउभयाे ।

कार्यक्रममा उहाँले राज्यको प्राथमिकतामा पत्रकारिता क्षेत्र नपुर्न दुःखद् रहेको जनाउनुभयो । अध्यक्ष पोख्रेलले पत्रकारिता बिनाको समाजका नागरिकहरु अधिकारबिहिन हुने भएकोले बलियो पत्रकारिताको उपस्थिति जरुरी रहेको उल्लेख गर्नुभयो ।

महासंघले श्रमजीवि पत्रकारिता ऐनलाई सम्पूर्ण रुपमा कार्यान्वयका लागि परेको उहाँले जनाउँनुभयो । महासंघमा कानूनी डेस्क समेत रहेकोले पत्रकारहरुको अधिकारको लागि निशुल्क रुपमा कानूनी लडाई लड्न सकिने उहाँले बताउनुभयो । विभिन्न अवसरहरु काठमाडौंमा मात्र केन्द्रित नभएर मोफसलका पत्रकारहरुको लागि समेत हुनुपर्ने उहाँको भनाई रहेको छ ।

कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पत्रकारिताको संस्थागत विकास अपरिहार्य रहेको बताउनुभयो । मिडियाहरुले सरकारका राम्रा कामको प्रचार कमजोरीहरुको सुधारका लागि खबरदारी गर्नुपर्नेम उहाँले जोड दिनुभयो ।

कार्यक्रममा उहाँले पत्रकारहरुको स्वास्थ्य बिमा स्थानीय सरकारको तर्फबाट गर्नको लागि प्रतिबद्धता समेत जनाउनुभयो । नगर प्रमुख महेन्द्र केसीले मुसिकोट नगरपालिका मिडियाको विकासका लागि तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा संचार र स्थानीय सरकार विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र न्यु मिडिया, प्रयोग र प्रभावका विषयमा महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले प्रस्तुतिकरण गर्नुभएको थियो । उपाध्यक्ष जिएमले न्यु मिडियाले पत्रकार तथा सञ्चारमाध्यामहरुलाई चुनौतिका साथ साथै अवसर समेत सृजना गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले स्थानीय सरकार र मिडियाका सवालहरु के के हुन सक्छन, मिडिया र स्थानीय सरकारका विचमा साझेदारीलाई कसरी बढाउन सकिन्छ भनेर छलफलका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले रुकुम शाखाले गरिरहेका विभिन्न गतिबिधिहरुको समेत जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, सुरक्षा निकायका प्रमुख, वडाध्यक्षहरु, अधिवक्ता, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

महासंघका सचिव हिरा परियारले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कोषाध्यक्ष ज्ञानु गौतमको स्वागत मन्तव्य रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार