विवादित पुस्तकप्रति रुकुमका अधिकारकर्मीहरूको आपत्ति

वनरक्षकसम्बन्धी

विवादित पुस्तकप्रति रुकुमका अधिकारकर्मीहरूको आपत्ति

वनरक्षकसम्बन्धी

मुसिकोट । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनरक्षक पदका लागि लोकसेवा आयोग तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर समावेश गरिएकोमा रुकुम पश्चिममा महिला अधिकारको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाहरुले त्यसविरुद्ध कारबाहीको माग गरेका छन् ।

वनसेवाका सहायक संरक्षण अधिकृत राम एकवाल दासद्वारा लिखित (गेमस्काउट वनरक्षक) पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएपछि महिला अधिकारकर्मीहरुले कारबाहीको माग गरेका हुन ।

उक्त पुस्तकको सामाजिक संजालमा पनि चौतर्फी आलोचना भएको छ । महिला अधिकारकर्मीहरुले पुस्तकका लेखक र प्रकाशक विद्या विकास पब्लिकेसन्सविरुद्ध कानुनी उपचार माग गरेका हुन् ।

मंगलबार जिल्लामा महिला अधिकारको क्षेत्रमा काम गर्ने १६ वटा संघ संस्थाहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त मार्फत सम्बन्धि मन्त्रालयमा कारबाहीको माग गर्दै ध्यानाकर्षण गराएको ओरेकका जिल्ला संयोजक दिपा धितालले जानकारी दिनुभयो ।

‘पाठक वर्गमा गलत ज्ञान दिने, महिलाको चरित्रहत्या गर्ने, महिला अस्मिताको खिल्ली उडाउने अमानवीय शब्दप्रति खेद प्रर्कट गर्दछौं,’ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा महिलाबारे आपत्तिजनक कुरा सोधिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार