प्रजिअ मार्फत कर्णालीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेश

प्रजिअ मार्फत कर्णालीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेश

मुसिकोट । नेपाल दलित मुक्ति मोर्चा रुकुम पश्चिमले विभिन्न माग राखेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त मार्फत कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न मागहरु राख्दै ज्ञापनपत्र बुझाईएको नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिीय सदस्य लाल बहादुर सेर्पालीले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा नेपालको संविधानको धारा २४ र धारा ४० अन्तर्गतका प्रावधानहरुहरुको यथासिघ्र कार्यान्वयनका लागि माग गरिएको छ भने दलित समुदाय लक्षित कार्यक्रमको लागि ध्यानाकर्षण गराईएको छ ।

त्यसैगरी जातिय बिभेदका घटनाहरुमा स्थानीय र प्रदेश सरकार गम्भिर नभएको भन्दै संवेदनशिल हुन आह्वान गरिएको छ भने कर्मचारी पदपूर्ति गर्दा समानुपातिक समावेशी नीतिलाई अवलम्बन गरिनुपर्ने र जातिय रुपले हुने घटनाहरु संवैधानिक र कानूनी रुपले निराकरण गर्न स्थानीय र प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ ।

आजै जिल्लाका ६ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाईएको जिल्ला अध्यक्ष लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार