निजामती सेवा दिवसको अवसरमा रुकुम अदालतका दुई कर्मचारी पुरस्कृत

निजामती सेवा दिवसको अवसरमा रुकुम अदालतका दुई कर्मचारी पुरस्कृत

मुसिकोट । निजामती सेवा दिवसको अवसरमा रुकुम जिल्ला अदालतले दुई जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

शुक्रबार अदालतमा कार्यरत तामेलदार सुवास खड्का र कार्यालय सहयोगी तुलबिर ओलीलाई सम्मान सहित पुरस्कृत गरिएको अदालतका निमित्त श्रेष्तेदार बिष्णु पौडेलले जानकारी दिनुभयो ।

दुबै जना कर्मचारीहरुलाई जिल्ला न्यायधीस खड्क बहादुर के.सी.ले प्रमाणपत्र तथा दोसल्ला सहित पुरस्कार वितरण तथा सम्मान गर्नुभएको हो ।

पहिलो आउने सेवाग्राहि सम्मानित

आज नै अदालतमा पहिलो आउने सेवाग्राहिलाई कार्यालयमा सम्मान गरिएको छ । निमित्त श्रेष्तेदार पौडेलका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ५ निवासी ४२ वर्षिय बिष्णु बिश्वकर्मालाई स्वागत तथा सम्मान गरिएको हो । वकालत नाम लगाउृन कार्यालयमा आउनुभएका उहाँलाई दोसल्ला र फूलले सम्मान तथा स्वागत गरिएको हो ।

यस कार्यले कर्मचारीहरुमा हौसला तथा उत्साह पैदा हुनका साथै सेवाग्राहिहरुमा सरकारी कार्यालयप्रति सकारात्मक भाव सहितको सन्देश प्रवाह हुने विश्वास गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार