असोज २२ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

असोज २२ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

फाईल फोटो ।

दसैँका लागि अग्रिम टिकट असोज २२ गतेदेखि बुकिङ गर्न मिल्ने भएको छ ।  शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि बुकिङ खुला गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा व्यवसायीहरुसँग छलफल भएको थियो ।  सरकार र व्यवसायीबीच गाडी थप्ने र व्यवस्थित तरिकाले टिकट काट्ने सुविधाका लागि सहमति भएको छ ।

काठमाडौं । दसैँका लागि अग्रिम टिकट असोज २२ गतेदेखि बुकिङ गर्न मिल्ने भएको छ ।  शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि बुकिङ खुला गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा व्यवसायीहरुसँग छलफल भएको थियो ।  सरकार र व्यवसायीबीच गाडी थप्ने र व्यवस्थित तरिकाले टिकट काट्ने सुविधाका लागि सहमति भएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ गर्ने निर्णय भएको बताएका छन् । अब, व्यवस्थापनको पाटोका लागि यातायात व्यवस्था विभागसँग छलफल भइरहेको छ ।”

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार