१८ स्थानमा यात्रु सहायता कक्ष, २७५ प्रहरी परिचालन

१८ स्थानमा यात्रु सहायता कक्ष, २७५ प्रहरी परिचालन

मुसिकोट । दसैं तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लाका १८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

यात्रुहरुलाई गन्तव्य पुर्‍याउन सहज होस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

चाडपर्वमा शान्तिसुरक्षा कायम गर्न रुकुम पश्चिम प्रहरीले विशेष सुरक्षा योजना समेत बनाएको छ। चाडपर्वलाई लक्षित गरी जिल्लाभर २७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । मेलापर्वहरुमा हुनसक्ने संभावित झै–झगडा तथा असुरक्षा, ठगी तथा अभद्र ब्यवहार अपराधिक क्रियाकलाप कम गर्न सुरक्षा गस्ती बढाएको छ। जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइ जिल्लामा शान्ति सुरक्षा कायम गर्न मोबाइल गस्ती, पैदल बढाइएको प्रहरीले जनाएको छ।

यात्रु सहायता कक्षमा खटिएको प्रहरी टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनेछन् ।  यदि यात्रु आफूलाई समस्या भएमा नजिकको प्रहरीमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

यस्तै चाडपर्वको समयमा हुनसक्ने चन्दा असुली, कृत्रिम अभाव, कालो बजारीलगायतको अनुगमन गरी दैनिक उपभोग्य सामानको सर्वसुलभता गराउने सम्बन्धमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिने प्रहरी नायब उपरिक्षक भट्टराईले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार