९२ कैदीबन्दीको आँखा जाँच, ३२ जनालाई निःशुल्क चस्मा

विश्व दृष्टि दिवसको अवसरमा आँखा शिविर

९२ कैदीबन्दीको आँखा जाँच, ३२ जनालाई निःशुल्क चस्मा

विश्व दृष्टि दिवसको अवसरमा आँखा शिविर

मुसिकोट । जिल्ला कारागार रुकुम पश्चिममा रहेका कैदी बन्दीहरूका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।

बिहिबार विश्व दृष्टि दिवसको अवसरमा आँखा शिविर सञ्चालन गरिएको आँखा सर्जिकल सेन्टर सल्लेका इञ्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो ।

नेपाल नेत्र ज्योति संघ, रुकुम आँखा सर्जिकल सेन्टर सल्लेको प्रविधिक सहयोगमा नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान स्वस्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग शिविर सञ्चालन गरिएको हो

शिविरमा ९२ जना कैदीबन्दीहरूको निःशुल्क आँखा जाँच गरिएको र ३२ जनालाई निःशुल्क चस्मा बितरण गरिएको हो । कैदीबन्दीहरूमा सामान्य आँखाको समस्या देखिएको र समस्या देखिएकाहरूलाई औषधि दिइएको इञ्चार्ज केसीले जानकारी दिनुभयो ।

आँखा सर्जिकल सेन्टर सल्ले जिल्लाका बिभिन्न स्थानहरुमा निःशुल्क शिविर आयोजना गरेर सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार