छिबाङ दसैं व्यापारिक तथा सांस्कृतिक मेला सुरू

छिबाङ दसैं व्यापारिक तथा सांस्कृतिक मेला सुरू

मुसिकोट । रूकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ छिबाङमा दसैं व्यापारिक तथा सांस्कृतिक मेला सुरू भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रूकुम पश्चिमको आयोजनामा बिहीबारदेखि मुसिकोट नगरपालिका वडा नम्बर १३ को सेवा केन्द्रको मैदानमा मेला सुरु गरिएको हो ।

आज एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले छिबाङ दसैं व्यापारिक तथा सांस्कृतिक मेलाको उद्घाटन गर्नुभएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत  प्रतिष्ठानका अध्यक्ष तुल देवकोटाका अनुसार आगामी कात्तिक ४ गतेसम्म संचालन हुने मेलामा गायक पशुपति शर्मा, रामजी खाँड, सुप्रिम मल्ल ठकुरी, गायिका ज्योति मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकाहरूको प्रस्तुति रहनेछ ।

त्यस्तै मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन तथा व्यापारिक गतिविधि पनि संचालन हुने मुसिकोट नगरपालिका वडा नम्बर १३ का अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।

मेला संरक्षकका रूपमा मुसीकोट नगरपालिका रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार