रुकुम पश्चिममा बसको ठक्करबाट एकको मृत्यु दुई जना घाइते

रुकुम पश्चिममा बसको ठक्करबाट एकको मृत्यु दुई जना घाइते

मुसिकोट । रुकुम पश्चिममा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिकामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

शुक्रबार साँझ आठविसकोट नगरपालिका वडा नम्वर ११ को चिसापानीमा ना ३ ख ५२०७ नम्वरको रात्रि बसले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आठविसकोट नगरपालिकाका नगर प्रमुख रबि केसीका अनुसार बसको ठक्करबाट आठविसकोट नगरपालिका वडा नम्वर ११ निवासी अन्दाजी ३८ बर्षिय गणेश परियारको मृत्यु भएको हो । आठविसकोटबाट नेपालगञ्जका लागि छुटेको रात्रि बसको ठक्करबाट अन्य दुई जना घाईते हुनुभएको छ ।

घाईते हुनेहरुमा आठविसकोट नगरपालिका १४ ज्यामिरकोटका १९ बर्षिया भावना चन्द र २० वर्षिय राजेन्द्र पोखरेल रहनुभएको छ । घाइतेहरु दुवै जनालाई उपचारको लागि अहिले आठविसकोटको राडिस्थित नगर अस्पतालमा ल्याईएको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

घाईते मध्य पोखरेलको अवस्था गम्भिर रहेको बताईएको छ । रोकिराखेको बस यात्रुहरु चढ्ने बेला हुत्तिएर ठक्कर दिएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार