दूध बिक्री गरेर फर्किदै गरेका युवकलाई राप्तीले बगायो, दुईकाे उद्धार

दूध बिक्री गरेर फर्किदै गरेका युवकलाई राप्तीले बगायो, दुईकाे उद्धार

दाङमा दूध बिक्री गरेर फर्किदै गरेका युवकलाई राप्तीले बगायो, दुईजनाको उद्धार दाङको राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। दुई जनाको भने उद्धार भएको छ।

जिल्लाको राजपुर गाउँपालिका – २ का १९ वर्षीय राजकुमार यादव राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता छन्। इलाका प्रहरी कार्याल अमेलिका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ बेपत्ता युवकको खोजीको प्रयास जारी रहेको बताए ।

आज बिहान राजपुरबाट राप्ती नदी तरेर दूध बेच्न लमही आएका उनलाई फर्किने क्रममा बाढीले बगाएको हो।

उनीसंगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार भएको छ। नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई उद्धार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

‘बाढी आउँदा दुइ जना रुखमा चढ्नु भएछ,’ श्रेष्ठले भने ‘ बेपत्ता युवकले रुख समात्न नपाउँदै बगाएको भन्ने छ।’

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार