दुई दिन मालपोत कार्यालयको सेवा बन्द

दुई दिन मालपोत कार्यालयको सेवा बन्द

मुसिकोट । मालपोत कार्यालय रुकुम पश्चिमको सेवा बन्द हुने भएको छ । आर्थिक वर्ष २०८०/८१ को राजश्व मिलानको काम गर्नुपर्ने भएकोले दुई दिन सेवा बन्द हुने कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख ओमबहादुर खत्रीका अनुसार असार ३० र ३१ गते कार्यालयबाट नियमित रुपमा प्रदान हुदै आएका सेवा बन्द हुने छ । कार्यालयले शुक्रबार सूचना प्रकाशित गरेर कार्यालय बन्द भएको जानकारी गराएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार