जन्मदिनको अवसरमा पाँच हजार सहयोग

जन्मदिनको अवसरमा पाँच हजार सहयोग

मुसिकोट । मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१४ का एक  युवा व्यवसायी यज्ञ खत्रीले आफ्नो जन्मदिनको अवसरमा टुहुरा बालकलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका कोषाध्यक्ष समेत रहनु भएका खत्रीले आज आफ्नो जन्मदिनको अवसरमा टुहुरा बालकलाई आर्थिक सहयोग गर्नुभएको हो ।

उहाँले मुसिकोट नगरपालिका-२ निवासी दाजुभाई १६ वर्षिय रामबहादुर खड्का र १३ वर्षिय मनोज खड्कालाई आर्थिक सहयोग गर्नुभएको जनाइएको छ ।

आमाको अन्यत्रै बिहे भएको र बुवाको समेत निधन भैसकेको हुँदा दुई दाजुभाईको अवस्था दयनिय रहेको छ । जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर टुहुरा बालकहरुको दैनिकी सञ्चालनमा सहज बनाउन आफूले सहयोग गरेको खत्रीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार