पहिरो प्रभावितलाई राहत वितरण

पहिरो प्रभावितलाई राहत वितरण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ छिङ गाउँको दलितबस्तीका बाढी पहिरो प्रभावित परिवारहरुलाई राहत वितरण गरिएको छ ।

अविरल वर्षाका कारण पहिरोको जोखिममा रहेका यस क्षेत्रका २२ घरपरिवार बिस्थापित भएपछि मुसिकोट नगरपालिकाले राहत वितरण गरेको हो ।

आज मुसिकोट नगरपालिका नगर प्रमुख महेन्द्र केसी, विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्वर ९ का वडा अध्यक्ष शशिराम पुन लगायतको टोलीले प्रभावितस्थलमै पुगेर राहत वितरण गरेको वडा नम्वर १ का वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमूनिको पहिरोको कारण यहाँका २२ घरपरिवार जोखिममा रहेका छन् ।

केहि परिवार आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् भने केहि परिवार जोखिमपूर्ण घरमै बसिरहेका छन् । प्रभावित परिवारहरुलाई त्रिपाल, दाल, चामल, मैदा, तेल, साबुन उपलब्ध गराईएको हो ।

यस्तै जोखिमका रहेका परिवारहरुलाई विद्यालय र सामुदायिक भवनमा बसाई स्थानान्तरणका लागि अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार