वरिष्ठ डिभिजन वन अधिकृत शेर बहादुर पुरस्कृत

वरिष्ठ डिभिजन वन अधिकृत शेर बहादुर पुरस्कृत

मुसिकोट । कर्णाली प्रदेश सरकारको स्थापना दिवसको अवसरमा डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख वरिष्ठ डिभिजन वन अधिकृत शेर बहादुर परियार पुरस्कृत हुनुभएको छ ।

आज प्रदेश सरकार स्थापना दिवसको अवसरमा कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले परियारलाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरेको हो ।

आर्थिक बर्ष २०८०/०८१ मा गरेको कार्यसम्पादनको उच्च मुल्याङ्कन गर्दै उहाँलाई प्रदेश निजामती सेवा पुरस्कारबाट सम्मानसहित पुरस्कृत गरिएको हो ।

प्रदेश सरकारको निजामती सेवामा रहि पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै उहाँलाई पुरस्कार प्रदान गरिएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार