पुथाको आगन मा बिस्कुन
झै फिजाइएको मैकोट,रन्मा
हुकाम
राज्यको उत्पत्ति झै आ-आफ्नै
सस्कार , रितिरिवाज,सस्कृती
समाज
जो कोहि लोभिन्छ
यहाँ को चारै तिर
आकर्षक मनमोहक भूगोल को
सामीप्यता ले
शिरमा पार्भी र पुपाल ताल अनि मुखमा
बग्दै गरेकी स्यानी हरु………
बहुल समाज भित्रैको उत्पति अनि
नेपाली समाज
को चित्रण,
बज्दै गरेका सयथरी अनेकतामा,
एकता कायम
ओहो बिचित्र,भिन्न्न,विशेषता का रङ्गहरु
चारै तिर
बहु जाती, धार्मी,भाषि अनि
फुलेका फूल हरु
प्रकृति को बरदान ले मिलेको
सु-सर्जन समतामूलक ले
भरिएको
आफ्नै चालचलन परम्परा र मुल्य
मान्यता
एक दृश्य,एक नयन,
एक अजम्बरी, अटुटता
झिम्जा,इखर्क र बुगेनीका पाटा
अनि गुराँस हरुमा,
काल्ढुङ्ग,मस्टा,कान्छा बारा
हुँदै बारघर का
आगनहरु मा
हार्प्या लाई हेर उज्यालो
त्यो समर्पण,
यो त एवटा समृद्ध को धुरी
पहिचानको बेमलता
समता दृस्टी अनि
त्यो आत्मनिर्भरता
र स्वाभिमानको श्रेश्ठता
मै अर्थात पहल्मानी को
वस्ती
कति श्रेयता,उपागमता
एवटै स्वर,परिमो
को आवाज मिलेकै सदभावता
अति मेहनती कर्मयोगी
एवटा परिशिलनता
आदिम देखि आधुनिकता सम्म
दिन तत्पर रहेको
मुलुक परिवर्तन का लागि
तातो गोलि निलेको
नवीन सोच,आभाषताको
बलिदानि
व्यवस्था को खातिर
पहिलो आगो बालेको
सामन्ती सङ्ग पौठे खेलेको
यो माटो यो धुरी
ले धेरै लाई दान गरेको
पेट पाल्दिएको
परिवर्तन को युग कोरेको
मस्टा को बाटोमा
हिड आर्जित र गौरावानित्व
पुग धारा गाउँमा
उचालिन्छन कर्मठ हातहरु
र बजारिन्छ संघर्ष का
तुवाँला हरु
खनिन्छ्न सभ्यता हरु
र बोल्छन माटोहरु
न छुट्टी, न टुटि, न भै भिन्न,
सद युग
देखि युग सम्ममा
पनि आफ्नै सुर
अनि तालमा वास्तविक
पहिचान !
नयाँ नेपाल को थालनी
युद्ध को ज्वारभाटा
बोकेको
लाभाहरु सङ्गै समर्पित भएको
एक जुझारु गाउँ
एक परिवर्तन शिल गाउँ
उज्यालो मा समर्पित गाउँ !!
चिरन्जीवी मल्ल
बाँफिकोट-४ रुकुम ( पश्चिम् )
२०८१-५-२२ गते