स्यार्पू महोत्सव सुरु

महोत्सव असोज २३ गतेसम्म सञ्चालन हुने

स्यार्पू महोत्सव सुरु

महोत्सव असोज २३ गतेसम्म सञ्चालन हुने

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं ३ र ५ को बिचमा पर्ने स्यार्पू ताल छेउमा स्यार्पू बृहत खेलकुद कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।

आज (शुक्रबार) महोत्सवको कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले उद्घाटन गर्नुभयो । आजबाट सुरु भएको महोत्सव असोज २३ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवको आयोजक बाँफिकोट गाउँपालिका रहेको छ भने व्यवस्थापक युवा खेदकुद समिति बाँफिकोट ३, कुसारी उन्नत बाख्रा पालन फर्म बाँफिकोट ६, सेपिन्स होटेल बाँफिकोट ३ रहेको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार सँगै स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने छ । नायक विराज भट्ट, अभिनेता पल शाह, हास्यकलाकार धुमुस सुन्तली, चर्तित लोक दोहोरी गायक राजु परियार, कुलेन्द्र विक, ज्योति मगर, समिक्षा अधिकारी, रामजी खाँड, सिम्रन परियार, बद्री पगेनी, टंक तिमल्सिना, कमला धिमिरे लगायत अन्य राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यस्तै महोत्सवमा विभिन्न व्यापारिक स्टलहरू रहने छन् भने भलिबल लगायतका खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले बताउनुभयो । महोत्सवमा स्थानीय झाँकीको रौनक समेत रहने बताइएको छ । आज उद्घाटन समारोह सञ्चालन भएमा भोली देखि सांस्कृतिक लगायतका कार्यक्रम सुरु हुने बताइएको छ ।

बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको अध्यक्षतामा भएको महोत्सव उद्घाटन सत्रमा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी महेन्द्र केसीको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी, निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी,  सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार