कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक बाढी पहिरो प्रभावितहरुलाई दिने भएका छन् ।

कांग्रेस संसदीय दल, कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको १५ दिनको पारिश्रमिक राहतका लागि सरकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी लगायतका आवश्यक पूर्वाधार यथाशिघ्र पुनःर्निर्माण गर्न सरकारलाई अनुरोध गरेको छ । साथै बाढी पहिरोमा परेर घरबारविहीन भएकाहरुको उचित पुनस्र्थापना गर्न पनि आग्रह गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार