डिग्रे शाईकुमारी सहकारीको अध्यक्षमा बेदराज शर्मा चयन

डिग्रे शाईकुमारी सहकारीको अध्यक्षमा बेदराज शर्मा चयन

मुसिकोट । डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुकुम पश्चिमको १९ औ बार्षिक साधारण सभा तथा सातौ अधिबेशन सम्पन्न भएको छ ।

शुक्रबार मुसिकोटमा सम्पन्न संस्थाको बार्षिक साधारण तथा सातौँ अधिबेशनबाट बेदराज शर्मा पोरखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा मनिषा भण्डारी रोकाय, सचिवमा ज्ञानुकुमार शर्मा र कोषाध्यक्षमा मोहबिर खड्का चयन हुनुभएको संस्थाका व्यवस्थापक यज्ञबहादुर बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालक समितिको सदस्यहरुमा गोकर्ण खड्का, यज्ञबहादुर केसी, नवराज पाण्डे चयन हुनुभएको छ ।

अधिवेशनले प्रेमबहादुर खड्काको संयोजकत्वमा लेखा समिति समेत चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा लक्ष्मण कुमार शर्मा र लालबहादुर केसी चयन हुुनुभएको छ ।

साधारण तथा अधिवेशनमा  संस्थाका अध्यक्ष बेदराज शर्मा पोखरेलले प्रगती प्रतिवेदन र कोषाध्यक्ष मोहबिर खड्काले आर्थिक प्रतिवदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन सहकारीका सदस्यहरुले पारित गरेका थिए ।

सहकारीका अध्यक्ष वेदराम शर्मा पोखरेलको अध्यक्षतमा भएको कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभाको अवसरमा सहकारीमा आवद्ध विभिन्न सदस्य तथा कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

कोषाध्यक्ष मोहबिर खड्काका अनुसार संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा एक करोड २० लाख रुपियाँ मुनाफा गरेको छ । कुल तीन करोड सात लाख ५५ हजार २०३ रुपियाँ आर्थिक कारोवार भएकोमा एक करोड ८७ लाख ५५ हजार २०३ रुपियाँ खर्च भएको खड्काले जनाउनुभयो ।

डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था २०६३ जेठ १५ गते स्थापना भएको हो । सहकारीमा पाँच हजार ५३ जना शेयर सदस्य रहेको बताईएको छ ।

मुसिकोट खलंगामा केन्द्रिय कार्यालय रहेको यस सहकारीले रुकुमकोट, झुल्नेटा, आठविसकोट र चौरजहारीमा शाखा कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार