चार डीआईजीकाे म्याद थप्ने सरकारकाे निर्णय

चार डीआईजीकाे म्याद थप्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद थप गर्ने निर्णय गरेकाे छ ।

सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्ताे सुविधा उपभाेगकाे अवसर दिएकाे हाे ।

सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले दुई साता पहिल्यै डीआईजीहरु शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष अवधी थपको सिफारिस मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार