जनताले गाली गरे अन्यथा मान्नु भएन : पूर्व मुख्यमन्त्री शाही

जनताले गाली गरे अन्यथा मान्नु भएन : पूर्व मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले नेता र जनप्रतिनिधिहरुले जनताको भावनाअनुरुप काम गर्नुपर्ने बताउनुभएको छ । जनताले गाली गरेको कुरालाई अन्यथा मान्न नहुने उहाँको भनाइ छ ।
नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमिति सुर्खेतद्वारा शनिबार आयोजित अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका शाहीले जनतालाई निराशा हुन नदिने कामतर्फ पार्टी केन्द्रित रहेको बताउनुभयो । ‘कांग्रेसले जनजिविकाको परिवर्तन गर्छ, हामी सधै जनताको साथमा छौ,’ उहाँले भन्नुभयो, ‘हाम्रो काममा जनताले पनि खवरदारी गर्नुपर्छ, जनताको खवरदारीले मात्र काम गुणस्तरीय र जनताको अपेक्षाअनुरुप हुन्छ ।’ अहिले सबैतिर पूर्वाधार विकास भइरहेकाले अब शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर बढाउन लाग्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका महामन्त्री निरञ्जन केसी, नेपाली कांग्रेस सुर्खेतका उपसभापति विष्णुबहादुर खड्का, टाेपबहादुर रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, बराहताल गाउँपालिकाका नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमितिका सचिव भिमबहादुर जाेलमिले सञ्चालन गर्नुभएको अगुवा नेता तथा कार्यकर्ता भेटघाटकाे अध्यक्षता गाउँपालिका सभापति भिमबहादुर भण्डारीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार