मुसिकोट । जन्मदिनलाई फजुल खर्च गरेर मनाउने खर्चले ग्रामिण क्षेत्रमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराईएको छ । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य कर्णबहादुर ओलीले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको हो ।
मुसिकोट नगरपालिका १३ निवासी ओलीले त्रिवेणी गाउँपालिका ७ मा रहेको बाल आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
ओलीले नेवि संघका नेता गोविन्द राज ओलीमार्फत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ३५ जना विद्यार्थीहरुको लागि कापि र कलम उपलब्ध गराउनुभएको हो ।
ओलीले आफ्नो जन्मदिनको अवसरमा गरिने खर्चलाई बालबालिकाको शैक्षिक सामाग्री खरिदमा खर्च गरेको बताउनुभयो । जन्मदिनलाई फजुल खर्च गर्ने दिनको रुपमा नभई पवित्र कार्य तथा सहयोग गर्ने अवसर रुपमा लिएर गाउँमा रहेका विद्यालयमा सहयोग गरिएको उहाँको भनाई छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि खड्क बहादुर डाँगी, पार्टीका प्रवक्ता लाल बहादुर ओली, मुसिकोट नगर सभापति प्रेम बहादुर ओली, समाजसेवी गणेश डाँगी लगायतको एक टोली विद्यालयमै पुगेर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
शैक्षिक सामाग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश डाँगी र प्रधानाध्यापक पिताराम ओलीलाई एकमुष्ट रुपमा हस्तान्तरण गरिएको हो । विद्यालय प्रशासनले सबै विद्यार्थीहरुलाई कापि, कलम उपलब्ध गराउने छ ।