कांग्रेसको एकता बलियो बनाउन खड्काको आह्वान, २०८४ मा कसैले रोक्न नसक्ने दाबी

कांग्रेसको एकता बलियो बनाउन खड्काको आह्वान, २०८४ मा कसैले रोक्न नसक्ने दाबी

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको एकता बलियो बनाउनुपर्ने कुरामा जोड दिँदै आगामी २०८४ को निर्वाचनमा कांग्रेसलाई कसैले रोक्न नसक्ने बताएका छन्।

७७ जिल्लाका पार्टी सभापतिहरूसँगको भेलामा सम्बोधन गर्दै उनले कांग्रेसका नेताहरुलाई अन्तर्घात नगर्न र एकताबद्ध भएर अगाडि बढ्न आव्हान गरे। उनले भने, “बाहिर गएर कांग्रेसका नेताले अर्को नेताको विरुद्ध बोल्न नहुने हो, हामीले अन्तर्क्रियामा, छलफलमा मनका कुरा राख्नु पर्छ। तर, बाहिर निस्केपछि हामी सबैले एकताबद्ध भएर काम गर्नुपर्छ। एकले अर्कालाई सम्मान गर्दै, एउटाको सफलतामा अर्को पनि समृद्धिको लक्ष्यमा अघि बढ्नुपर्छ।”

खड्काले कांग्रेस पार्टीले मात्र मुलुकमा समृद्धि ल्याउन सक्ने दाबी गरे। उनले पार्टीको प्राथमिकतामा संविधान संशोधन रहेको र त्यसमा सात बुँदे सहमतिका आधारमा एमालेसँग सहकार्य सुरु गरेको जानकारी पनि दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार