ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते

ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते

काठमाडौँ । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।

आज बिहान पौने ९ बजेको समयमा ग्यास विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते ११ जनालाई अस्पताल लगिएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मःमः पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।

घाइतेहरूको कमलपोखरीस्थित हिमालय अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुरको बर्न अस्पतालमा लगिएको उनले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार