रेडक्रसको सभापतिमा पुन र मन्त्रीमा केसी निर्वाचित

रेडक्रसको सभापतिमा पुन र मन्त्रीमा केसी निर्वाचित

मुसिकोट । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको सभापतिमा बलवीर पुन निर्वाचित हुनुभएको छ।

गए राती सम्पन्न मतदानपछि सार्वजनिक मत परिणाम अनुसार पुनको सभापतित्वमा १७ सदस्यिय जिल्ला कार्यसमिति निर्वाचित भएको हो।

जिल्ला शाखाको ३१ औं वार्षिक साधारण सभा तथा १७ औं अधिवेशनपछि निर्वाचनको कार्यक्रम भएको थियो।

निर्वाचन अधिकारी लिलाराम सुवेदीका अनुसार शाखाको उप सभापतिमा गोपाल लामिछाने र दिपा डाँगी खड्का निर्वाचित हुनुभएको छ ।

त्यसैगरी शाखाको मन्त्रीमा यज्ञबहादुर केसी, कोषाध्यक्षमा लक्ष्मण खड्का, उपमन्त्रीमा भूपेन्द्र कुमार ओली र उप कोषाध्यक्षमा मानबहादुर ओली निर्वाचित हुनुभएको छ ।

महिला सदस्यमा नैना खड्का, सुनिता बिष्ट र हिमा खड्का ओली निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा शिवराम खत्री, यदु कुमार आचार्य, दिपबहादुर खत्री, नन्दलाल खत्री, तुलसीराम बुढा, खड्क बहादुर केसी र लिला गौतम निर्वाचित हुनुभएको छ ।

सहमतिमार्फत नेतृत्व चयनको लागि कोसिस गरिएतापनि सहमति हुन नसकेपछि सभापति सहितको १७ वटै पदमा निर्वाचन भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार