अमेरिकाबाट पछिल्लो ६ वर्षमा २६२ नेपाली डिपोर्ट

अमेरिकाबाट पछिल्लो ६ वर्षमा २६२ नेपाली डिपोर्ट

काठमाडौँ । पछिल्लो ६ वर्षमा अमेरिकाबाट २ सय ६२ जना नेपाली डिपोर्ट भएका छन् । प्रहरीको मानव बेचबिखन ब्युरोको तथ्याङ्कअनुसार २०७५ भन्दा पछि २६२ जना डिपोर्ट निष्कासन भएर नेपाल आएका हुन् ।

अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली बुधवार काठमाडौँ आएका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । एक जना महिला व्यावसायिक उडान मार्फत काठमाडौँ आएकी छन् ।

डिपोर्ट भएकाहरूलाई छाड्न ४ जना अमेरिकन प्रहरी काठमाडौँ आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू बताउँछन् ।

नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार