मुसिकोट । रुकुम पश्चिममा पनि २६ औं यदुस्मृति दिवस मनाइएको छ।
नेकपा (एमाले) चौरजहारी नगर कमिटीले सहिद यदु गौतमको स्मृति दिवसको अवसरमा औपचारिक कार्यक्रम गर्नुका साथै विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर स्मृतिदिवस मनाएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य गोविन्द केसीले यदु गौतमको लोकप्रियता देखि डराएर तत्कालिन बिद्रोही माओवादीले हत्या गरेको बताउनु भयो ।
पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले व्यक्तिको हत्या गरेर विचारको हत्या नहुने बताउनुभयो । उहाँले हत्याराहरुलाई समयले सजाय दिने उल्लेख गर्नुभयो ।
नगर कमिटीका सचिव डिल्लीराज शर्माका अनुसार “शहिदको बलिदानी : हाम्रो जिम्मेवारी” बिषयक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगगीता माध्यमिक विद्यालय खहरेका कविता बुढा प्रथम हुनुभएको छ भने माध्यमिक विद्यालय खोलागाँउका केशव ओलीले दोश्रो स्थान ल्याउनुभएको छ ।
शीतल माध्यमिक विद्यालयका सुदाम गौतम तेस्रो र भ्याली पब्लिक स्कुलका दिया लामिछाने र आधारभुत विद्यालयका भावना जैसीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
यदु स्मृति प्रतिष्ठानको भवन चौरजहारीमा भएको कार्यक्रम नगर कमिटी अध्यक्ष अतिराम ओलीको अध्यक्षतामा र केन्द्रिय सल्लाहकार गोबिन्द केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
तत्कालीन नेकपा एमाले रुकुमका सचिव रहनुभएका यदु गौतमलाई २०५५ साल फागुन २१ गतेका दिन साबिक रुकुमको गरायला गाबिस वडा नम्वर ४ मा तत्कालिन बिद्रोही माओवादीद्धारा हत्या गरिएको थियो।