६ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

६ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी  फेरेको छ।  बिहीवार बिहान बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा प्रमुख जिल्ला अधिकारी पठाएको हो ।

प्राप्त विवरण अनुसार बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी, नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ । यसैगरी नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ ।

रौतहटमा पठाएका खड्का संखुवासभाको प्रजिअमा कार्यरत थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार