नेकपा एसको रुकुम पश्चिमको अधिवेशन सुरु

नेकपा एसको रुकुम पश्चिमको अधिवेशन सुरु

मुसिकोट । नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशन सुरु भएको छ । आज मुसिकोट खलंगाको बाल मन्दिरमा पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसालले अधिवेशनको उद्घाटन गर्नुभएको हो । अहिले नयाँ नेतृत्व चयनका लागि बन्द सत्र सुरु भएको नेकपा एसका जिल्ला सचिव सुरज परियारले जानकारी दिनुभयो ।

उद्घाटन सत्र पूर्व मुसिकोटमा र्‍याली निकालिएको थियो । र्‍याली खलङ्गा र आसपासका बजार परिक्रमा गरेर बाल मन्दिरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

पार्टीका जिल्ला अध्यक्ष माधवप्रसाद गौतमको अध्यक्षतामा जारी उद्घाटन सत्रमा महासचिव भुसालको प्रमुख र केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै पोलिटब्युरो सदस्य शेरबहादुर केसी, कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरि, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवी ओली, केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज विमलकुमार पुन, केन्द्रीय निर्वाचन आयोग सदस्य इन्द्र शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

पार्टीका जिल्ला उपाध्यक्ष तथा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुरज परियारले गर्नुभएको थियो । ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार