सानीभेरी गाउँपालिका : अमेरिकी फौजी किरा नियन्त्रण गर्न कृषि प्राविधिक परिचालन

सानीभेरी गाउँपालिका : अमेरिकी फौजी किरा नियन्त्रण गर्न कृषि प्राविधिक परिचालन

जेठ २४ काठमाडौ
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जिल्लामा पहिलो पटक  अमेरिकि फौजी किरा नियन्त्रणका लागि कृषि प्राविधिक परिचालन गरेको छ। खेत बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि गाउँपालिकाले कृषि शाखामार्फत् बिषादी सहित कृषि प्राविधिक परिचालन गरेको हो।

गाउँपालिकाले एक साता देखि ११ वटै वडामा नि:शुल्क रुपमा बिषादी र स्प्रेयर बितरण  गरेकाे कृषि शाखाले जनाएको छ। शाखाका प्रमुख महेन्द्र ओलीका अनुसार गाउँपालिकाका अन्य वडाहरुमा पनि फैलदो क्रममा रहेको र उक्त प्रकोपबाट हुनसक्ने क्षती रोक्न लागेको बताए ।

यस क्षेत्रको मुख्यबालीका रुपमा रहेको मकै गाउँपालिका भरि १५ सय ५५ हेक्टर जमिनमा खेती हुदै आएको र बार्षिक रुपमा ४५ सय ३७ मेट्रिकटन मकै उत्पादन हुने गरेकोमा हाल फौजी किराका कारण केहि मात्रामा कमी आउने आकलन गरिएको छ ।  यस्तै कृषि शाखाले फौजी किरा नियन्त्रणाको लागि सबै वडामा सूचना टास्नुका साथै स्थानीय रेडियो मार्फत पनि सूचना दिने गरेका छन ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार