सल्यान । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको राम्रीदेखि सल्यान कपुरकोट सडक खण्ड दिउँसोकाे समयमा बन्द हुने भएको छ ।
सडक विस्तार तथा निर्माणको कार्य चलिरहेको हुँदा भोलिदेखि १४ गतेसम्म दैनिक ७ घण्टा सडक बन्द हुने सडक डिभिजन कार्यालय दाङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) दीपेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक खण्ड बन्द हुनेछ ।
राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट बजारभन्दा केही दक्षिणको ४ किलोमिटर सडक खण्ड मर्मत तथा विस्तारको काम भइरहेको छ ।
साना तथा अत्यावश्यक गाडीले वैकल्पिक सडकमार्ग पैंयाखोरिया–सातबास–किमुचौर– कपुरकोट सडक खण्ड प्रयोग गर्न सक्नेछन् ।