त्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

त्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन भएको छ ।

गाउँपालिकाको वडा नम्वर ३ खारानेटामा निर्मित भवनको आज एक कार्यक्रमका बिच पूर्व अर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले उद्घाटन गर्नुभएको हो ।

उक्त अवसरमा पूर्वमन्त्री शर्माले जनतालाई सरल र सहज सेवा प्रवाहमा थप सहजता हुने बताउनुभयो ।

गाउँपालिकाका अनुसार उक्त भवन आठ करोड २८ लाख ४२ हजार ३७२ रुपियाँको लागतमा निर्माण भएको गाउँपालिकाले बताएको छ । उक्त भवनमा साढे तीन तला र ३३ कोठा रहेका छन् । भवन निर्माणमा संघीय सरकारको ६० र स्थानीय तहको ४० प्रतिशत लगानी रहेको छ ।

भवन निर्माणका लागि २०७८ चैत ३० गते समानान्तर रेलिगेर जेभि निर्माण सम्पनीसँग भवन निर्माणको सम्झौता भएको थियो । औपचारिक रुपमा भवन उद्घाटन भएसँगै गाउँपालिकाको सेवा प्रवाहमा सहजता हुने बताईएको छ ।

गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य शर्माको प्रमुख अतिथ्यता रहेको थियो। त्यस्तै प्रदेश सभा सदस्य महेन्द्र केसी, पूर्व कर्णाली प्रदेश सरकारका मन्त्री बिमला केसी, रातो कामी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रवेश बिष्ट, सशस्त्र प्रहरी प्रमुख मदन बहादुर धानुक लगायतको आतिथ्यता रहेको थियो।

गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले गर्नुभएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार