मुसिकाेट । लोकतन्त्रप्रति आस्था राख्ने श्रमजीवी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको छ ।
नेपाल प्रेस युनियन जिल्ला कार्यसमित रुकुम पश्चिमले जिल्ला अस्पताल सल्ले र साझा मुराल अस्पताल खलंगामा उपचारमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।
४० जना बिरामीलाई फलफूल वितरण गरिएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सुमित्रा केसीले बताउनुभयो । उहाँका अनुसार बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरिएको हो ।
फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव प्रमेश्वर भण्डारी, सहसचिव यज्ञबहादुर विष्ट, महाधिवेशन प्रतिनिधी खड्क डाँगी, मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जिवन परियार, प्रेस युनियनका केन्द्रिय सदस्य प्रविर ददेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्का, समाजवादी प्रेस संठनका जिल्ला अध्यक्ष भरत चन्द लगायतको उपस्थिती रहेको थियाे ।
नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ भएको थियो । प्रेस युनियनले पत्रकारको हक, हित, पेसागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास, प्रेस मैत्री कानुन निर्माण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार संस्थाको सबलीकरण तथा सुदृढीकरणका लागि नीतिगत पहल लगायतका लागि काम गर्दै आएको छ ।
युनियनले वैशाखको अन्तिम साता लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट पनि सम्पन्न गरेको छ ।