पिपलमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

पिपलमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपलमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
रुकुम पूर्व र पश्चिमका सर्वसाधारणलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको प्राविधिक सहकार्यमा यही जेठ १७ र १८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो।

वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका गरिब विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यो शिविरको आयोजना गरिएको हो ।

शिविरमा शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत वरिष्ठ विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, फार्मेसीस्ट लगायतको टोलीले सेवा प्रदान गर्नेछ । जसमा पेट, छाती, मुटु, मधुमेह जस्ता रोगका लागि इन्टरनल मेडिसिन विशेषज्ञ सेवा, महिलाहरुको लागि प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, हड्डी खिईएको तथा ढाड दुखाई भएकाहरुको लागि हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा,दाँतको समस्या भएकाहरुको लागि दन्त रोग विशेषज्ञ सेवा, र आँखाको समस्या भएकाहरुको लागि जाँच गराईनेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार