मुसिकोट । २३ औँ कृष्ण सेन `इच्छुक´ स्मृति दिवसकाे अवसरमा जिल्ला कारागार रूकुम पश्चिमका कैदीबन्दी लाई फलफुल वितरण गरिएकाे छ ।
मंगलबार प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले १६३ जना कैदीबन्दी, कारागार प्रशासन, सुरक्षाकर्मी लगायत गरि करिब २०० जनालाई फलफुल वितरण गरिएको अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो ।
फलफूल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुल प्रसाद जिसि, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज वसन्त शर्मा, जिल्ला संयोजक गोविन्द रोका, जिल्ला प्रहरी प्रमुख डिएसपी रमेश बिष्ट, नेकपा(माओवादी केन्द्र) का प्रचार विभाग प्रमुख मेगराज खड्का, प्रेस युनियनका केन्द्रीय सदस्य प्रबिर ददेल, पत्रकार महासंघ रुकुम पश्चिमका सचिव दीपेन्द्र महतारा ,प्रेस युनियनका जिल्ला अध्यक्ष सुमित्रा केसी, प्रेस चौतारीका जिल्ला अध्यक्ष परिचन्द्र खत्री, समाजवादी प्रेस सङगठनका जिल्ला अध्यक्ष भरत चन्द लगायत जिल्लास्थित क्रियाशिल पत्रकारहरुको उपस्तिथि रहेको थियो ।
प्रेस सेन्टरका अध्यक्ष खड्काका अनुसार स्मृति दिवसका अवसरमा रचना वाचन, दिप प्रज्वलन ,मैत्रीपुर्ण फुटबल लगायतका कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।